Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

चितवन कारागारमा क्षमताभन्दा बढी कैदी, ३० जना त्रिपालमुनि

चितवन कारागारमा क्षमताभन्दा बढी कैदी, ३० जना त्रिपालमुनि

शुक्रवार , मंसिर १९, २०८२

चितवन । जिल्ला कारागार चितवनमा क्षमताभन्दा बढी कैदीबन्दी हुँदा त्रिपालमुनि राख्नुपर्ने बाध्यता रहेको छ।

कैदीबन्दीमध्ये ३० जना त्रिपालमुनि राख्नुपरेको छ। भवनभित्र सुत्ने ठाउँ अभाव भएपछि उनीहरू त्रिपालमुनि रात बिताउन बाध्य भएका हुन्।

जेनजी आन्दोलनपछि भागेर फर्किएका ४६ कैदीबन्दीलाई स्थानान्तरण गर्दा कोठाभित्र ठाउँ अभाव भएपछि दुई ठाउँमा १५-१५ जना गरी ३० जनालाई त्रिपालमुनि बसाइएको कारागार कार्यालयका प्रमुख रविन्द्रप्रसाद ढुङ्गानाले बताए ।

चिसो र गर्मीको समयमा त्रिपालमुनि बस्न कैदीबन्दीलाई समस्या हुने गरेकोले यस वर्ष त्रिपाल रहेको ठाउँमासमेत जस्ता हाल्ने योजना रहेको उनले बताए।

कारागारको क्षमता ३० महिला र ४७५ पुरुष रहेकोमा हाल ५९३ पुरुष, ३७ महिला र दुई जना आश्रित गरी ६३० कैदीबन्दी रहेका छन्।

गत भदौ २५ गते भागेका ७४३ कैदीबन्दी फर्कनेक्रम जारी रहेको छ। भागेकामध्ये अझै ११३ कैदीबन्दी फर्कन बाँकी छन्। उनीहरू फर्किएपछि थप कैदीबन्दी त्रिपालमुनि राख्नुपर्ने बाध्यता हुने ढुङ्गानाले बताए ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077