काठमाडौं । कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणको अन्तिम खेलमा साविक विजेता जनकपुर बोल्ट्सलाई तीन रनले पराजित गरेको छ ।
आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा कर्णालीले प्रस्तुत गरेको १३० रनको लक्ष्य पछ्याएको जनकपुरले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १२६ रन मात्र बनाउन सक्यो ।