Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध

विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध

शुक्रवार , मंसिर २६, २०८२

काठमाडौं। आगामी निर्वाचनमा अन्तर जिल्ला र विदेशबाट मतदानको व्यवस्था मिलाउन माग गर्दै जेनजी अभियन्ताहरूले निर्वाचन आयोगका पदाधिकारीलाई ध्यानाकर्षण गराएका छन्।

शुक्रवार उनीहरूले निर्वाचनमा विदेशमा रहेका २० लाख बढी नेपालीहरूको मतदानको ग्यारेन्टी सरकारले गर्नुपर्ने माग गरेका हुन्।

नेपाली तथा जेनजी पुस्ताका प्रतिनिधिसहितको समूहले निर्वाचन आयोगका प्रमुख आयुक्त रामप्रसाद भण्डारीसमक्ष आज ज्ञापनपत्र प्रस्तुत गरेको छ ।

सर्वोच्च अदालतले २०७४ मा गरेको निर्णयअनुसार विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार सुनिश्चितत गर्न ज्ञापनपत्रमा माग गरिएको छ । उनीहरुले संसारमा १ सय १५ वटा भन्दा बढी देशले विदेशमा रहेका आफ्ना नागरिकको मताधिकार सुनिश्चित गरिसकेको दाबी गर्दै नेपालले गर्न नसक्ने भन्ने नहुने बताएका छन्।

साथै विदेशमा रहेका नेपालीहरूको मताधिकार सुनिश्चित गर्न नसके सडकमा आन्दोलन गर्ने चेतावनी दिए।

समूहमा नेपाल विवेकशील पार्टीका अध्यक्ष सन्तोष घिमिरे, पूर्वमन्त्री सुमना श्रेष्ठ र जेनजी प्रतिनिधिहरु सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077