Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

एनपीएल ट्रफीसहित दुवै कप्तानले गरे त्रिवि मैदानमा फोटोसेसन

एनपीएल ट्रफीसहित दुवै कप्तानले गरे त्रिवि मैदानमा फोटोसेसन

शुक्रवार , मंसिर २६, २०८२

काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनल खेलको एक दिनअघि दुवै फाइनलिस्ट टोलीका कप्तानहरू दीपेन्द्रसिंह ऐरी र रोहित पौडेलले ट्रफीसहित त्रिवि क्रिकेट मैदानमा उपस्थित हुँदै विशेष फोटोसेसन गरेका छन्।

शुक्रबार साँझ कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भेट भएका सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरीलुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले एक–अर्कालाई शुभकामना आदान–प्रदान गर्दै फाइनलप्रतिको उत्साह प्रकट गरे।

पहिलो क्वालिफायरमा विजय हासिल गर्दै सुदूरपश्चिम रोयल्स फाइनलमा पुगेको हो।

त्यसैगरी दोस्रो क्वालिफायरमा उत्कृष्ट प्रदर्शन गर्दै लुम्बिनी लायन्सले पनि फाइनल टिकट सुरक्षित गरेको थियो।

दुवै टोलीले क्वालिफायरका चरणमा बिराटनगर किंग्सलाई पराजित गर्दै शीर्ष दुईमा स्थान बनाएका थिए।

एनपीएल २०२५ को उपाधि भिडन्त शनिबार अपराह्न साढे ३ बजे त्रिवि क्रिकेट मैदानमा हुनेछ।

दुवै टोली उत्कृष्ट लयमा रहेकाले उपाधि प्रतिस्पर्धा निकै रोमाञ्चक हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077