Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

पेट्रोलको मूल्य बढ्दा डिजेल र मट्टीतेलको घट्यो

पेट्रोलको मूल्य बढ्दा डिजेल र मट्टीतेलको घट्यो

सोमवार , मंसिर २९, २०८२

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ । निगमले मंगलबार बिहानदेखि लागु हुने गरी पेट्रोलको मूल्य लिटरमा दुई रुपैयाँले बढाएको छ । 

डिजेल र मट्टीतेलको मूल्य भने घटाइएको छ । डिजेल र मट्टीतेलको मूल्य लिटरमा चार रुपैयाँले घटाइएको हो ।

"निगम सञ्चालक समितिको मिति २०८२/०८/२९ को निर्णयानुसार १६ डिसेम्बर, २०२५ (मिति २०८२/०९/०१ को बिहानदेखि लागु हुनेगरी साबिकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर डिजेल/मट्टितेलमा प्रतिलिटर रु ४ ले घटाइएको तथा पेट्रोलमा प्रतिलिटर रु २ ले बढाइएको छ," निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । ।

मूल्य बढेसँगै पेट्रोल पहिलो वर्गका लागि प्रतिलिटर १५८ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि १६० रुपैयाँ र तेस्रो वर्गका लागि १६१ रुपैयाँ तोकिएको छ । 

निगमले चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जलाई पहिलो, सुर्खेत र दाङलाई दोस्रो र काठमाडौं, पोखरा र दीपायल डिपोलाई तेस्रो वर्गमा राखेको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077