Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

दोहोरी साँझमा झडप हुँदा पैदलयात्रीको हत्या, सात जना प्रक्राउ

दोहोरी साँझमा झडप हुँदा पैदलयात्रीको हत्या, सात जना प्रक्राउ

बिहिवार , पौष ३, २०८२

काठमाडौं । काठमाडौंको गोंगबुस्थित एक दोहोरी साँझमा झडप हुँदा सडकमा हिँड्दै गरेका पैदलयात्रीको हत्या गरिएको छ ।

हत्या हुनेमा गोरखाको सिरानचोक गाउँपालिका–७ घर भई टोखा नगरपालिका–९ गोंगबु बस्ने २० वर्षीय बबिन गुरुङ छन्।

मंगलबार राति टोखा नगरपालिका-९ गोंगबुमा रहेको मिरमिरे दोहोरी साँझमा दुई समूहबीच झडप भएको थियो । त्यसपछि दोहोरी सञ्चालक गोरखाको बारपाक सुलिकोट गाउँपालिका–४ घर भएका शिव सौगात सुवेदीले दुवै समूहलाई बाहिर निकालेका थिए ।

झगडा गर्ने मध्ये हरिशरण पन्तले पैदल हिँड्दै गरेका बबिनलाई धारिलो हतियारले आक्रमण गरेका थिए । आक्रमणबाट गम्भीर घाइते भएका उनलाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको थियो

उपचारकै क्रमा बुधबार बिहान ५ बजे उनको मृत्यु भएको हो ।

दोहोरी साँझमा झगडा गरेपछि बाहिर निकालिएको समूहले पैदल हिँड्दै गरेका बबिनको हत्या गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । जबकि उनी दोहोरी साँझको झडपमा संलग्न समेत थिएनन् ।

प्रहरीले धादिङको नेत्रावती डवजोङ घर भई काठमाडौं लोलाङ बस्ने ३० वर्षीय पन्त, सोही ठाउँका ३५ वर्षीय श्रीकृष्ण पन्त, डडेल्धुराको नवदुर्गा नगरपालिका–५ घर भई महाराजगञ्ज बस्ने २६ वर्षीय वीरेन्द्र साउद, दार्चुलाको महाकाली नगरपालिका–९ घर भई महाराजगञ्ज नै बस्ने २६ वर्षीय जनक सिंह नगारी, काठमाडौं साँखु घर भएका ३० वर्षीय प्रज्वल भुजेल, लमजुङको राइनास नगरपालिका–८ घर भई महराजगञ्ज बस्ने २९ वर्षीय मनोज सुनार र दोहोरी सञ्चालक शिव सौगातलाई प्रक्राउ गरेको छ ।

उनीहरुलाई प्रहरी वृत्त महाराजगञ्जको हिरासतमा राखेर अनुसन्धान अघि बढाएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077