Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

रुपन्देहीमा १७ वर्षीय किशोरको बीभत्स हत्या

रुपन्देहीमा १७ वर्षीय किशोरको बीभत्स हत्या

शुक्रवार , पौष ४, २०८२

रुपन्देही । रुपन्देहीमा १७ वर्षीय किशोरको वीभत्स हत्या भएको छ।

जिल्ला प्रहरी कार्यालय रूपन्देहीका अनुसार कञ्चन गाउँपालिका वडा नम्बर ३ धौलागिरीचोकका १७ वर्षीय ईशान शर्मा पौडेलको शव फेला परेको हो।

प्रहरी कार्यालय रुपन्देहीले टाउकोमा प्रहार गरेर हत्या गरिएको अवस्थामा शव फेला परेको र घटनामा संलग्नहरूको खोजी जारी रहेको बताएको छ ।

प्रहरीका अनुसार मृतक किशोर बुधवार साँझ ८ बजेदेखि सम्पर्कविहीन रहेका थिए।

खोजी गर्दै जाँदा बिहीबार साँझ करिब ६ बजे तिर स्थानीयले नालीमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। स्थानीयको खबरपछि प्रहरी तत्काल घटनास्थल पुगेको थियो ।

इलाका प्रहरी कार्यालय रूद्रपुरको टोलीले शवको मुचुल्का उठाइ शवलाई पोस्टमार्टमका लागि बुटवल पठाएर घटनाबारे थप अनुसन्धान अगाडि बढाएको जनाएको छ ।

ईशान स्थानीय अर्जुन र रमा शर्मा पौडेलका एक मात्र छोरा हुन् । उनी स्थानीय बुद्धदीप बोर्डिङ स्कुलमा कक्षा ११ मा अध्ययनरत थिए ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077