Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

दरबार रोधीमा रोकिएन ठगी, सञ्चालक गिरी फरार

दरबार रोधीमा रोकिएन ठगी, सञ्चालक गिरी फरार

बिहिवार , पौष ३, २०८२

काठमाडौं । अनेक विवादमा परिरहने जमलस्थित दरबार टप रोधी क्लबका मालिक अशोक गिरी फेरि फरार भएका छन्। अत्याधिक बिल उठाएर ग्राहकलाई नै कुटेको घटनामा उनीविरुद्ध जाहेरी दर्ता भएको छ ।

उनको दोहोरीमा एमाले निकट बिद्यार्थी नेता आशिष गौतम कुटिएका छन्। जसमा संलग्न खगेन्द्र कौडीलाई दरबारमार्ग वृत्तले पक्राउ गरेको छ । गिरीविरुद्ध पनि जाहेरी परेकोमा उनी भने फरार छन्।

गिरी यसअघि पनि विभिन्न घटनामा पक्राउ परेर छुटेका थिए । उनको दोहोरी ठगीका कारण बदनाम छ।

[insert page='270471' display='yopanipadhnuhos.php']

वास्तविक भन्दा दोब्बर बिल उठाउने र पैसा नतिरे बाउन्सर लगाएर कुट्ने गरेका छन्। कतिपय प्रहरीसँग समेत सेटिङ रहेका उनी सोही आडमा ठगी धन्दा चलाउँदै आएका छन्। दुई वर्षअघि दरबारमार्ग वृत्तका तत्कालिन डिएसपी गोविन्द थापाले पनि उनलाई ठगी मुद्दामा थुनेका थिए। तर, उनको धन्दा रोकिएको छैन ।

गिरीले केही नेताहरुलाई समेत आफ्नो दोहोरीमा लैजाने र युवतीहरुसँग राख्ने गरेका छन्।

प्रहरीका केही हाकिमलाई पनि प्रभावमा पारेर उनले ठगी धन्दा चलाउँदै आएका छन्। अहिले मुद्दा दर्ता भएपछि पक्राउ नगराउन पनि उनले चलखेल थालेको स्रोत बताउँछ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077