Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

फागुन २१ मा निर्वाचन नभए संसद् पुनर्स्थापना गर्नुपर्छ : प्रकाशमान सिंह

फागुन २१ मा निर्वाचन नभए संसद् पुनर्स्थापना गर्नुपर्छ : प्रकाशमान सिंह

शनिवार , पौष ५, २०८२

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आउँदो फागुन २१ गते तोकिएको निर्वाचन हुन नसके संसद् पुनर्स्थापनाको विकल्प खुला राखिनुपर्ने बताएका छन् ।

शनिबार काठमाडौं निर्वाचन क्षेत्र नम्बर–१ मा आयोजित कार्यक्रममा उनले यस्तो धारणा व्यक्त गरेका हुन् । संविधान हाल ‘ट्रयाक’बाट बाहिर गएको उल्लेख गर्दै सिंहले त्यसलाई सही बाटोमा ल्याउन निर्वाचन नै सबैभन्दा उपयुक्त माध्यम हुने बताए।

तर विभिन्न कारणले निर्वाचन हुन नसके संसद् पुनर्स्थापना अपरिहार्य विकल्प हुन सक्नेमा उनले जोड दिए। ‘ट्रयाकबाट बाहिर गएको संविधानलाई सही बाटोमा ल्याउन निर्वाचन नै राम्रो हो,’ उनले भने, ‘तर कथंकदाचित् विभिन्न कारणले निर्वाचन हुन नसकेको खण्डमा संसद् पुनर्स्थापनालाई पनि खुला राख्नुपर्छ।’

सरकारले समयमै स्वच्छ र निष्पक्ष निर्वाचन गराउने दाबी गरिरहेको भए पनि वर्तमान सुरक्षा अवस्थाले त्यसमा आशंका पैदा गरेको सिंहको टिप्पणी थियो। ‘सरकारले बोलेर मात्रै होइन, गरेर देखाउनुपर्छ,’ उनले भने, ‘अहिलेको सुरक्षा अवस्था हेर्दा निर्वाचन सहज हुने जस्तो देखिँदैन।’

उनले नेता–कार्यकर्तालाई निर्वाचन तयारीमा जुट्न आग्रह गर्दै पार्टीको १५औँ महाधिवेशनमा पनि केन्द्रित हुन आह्वान गरे। महाधिवेशनको कार्यतालिका लामो छलफलपछि सर्वसम्मत रूपमा आएको भन्दै त्यसमा शंका नगर्न उनले आग्रह गरे।

‘कार्यतालिका सर्वसम्मत रूपमा पारित भएको छ। अब प्रश्न उठ्छ—महाधिवेशन हुन्छ कि हुँदैन ? किन नहुने ?’ भन्दै उनले महाधिवेशन विधि र प्रक्रियाअनुसार नै हुनुपर्नेमा जोड दिए। पार्टीको विधान मिचेर हतारमा महाधिवेशन अघि बढाउन नहुने उनको भनाइ थियो।

क्रियाशील सदस्यता टुंगोमा पुगेपछि मात्रै महाधिवेशनको प्रक्रिया अघि बढ्ने स्पष्ट पार्दै सिंहले भने, ‘जसरी आमनिर्वाचनका लागि मतदाता नामावली अपडेट भएपछि मात्रै प्रक्रिया सुरु हुन्छ, त्यसैगरी कांग्रेसको महाधिवेशन पनि विधानअनुसार क्रियाशील सदस्यताको प्रक्रिया पूरा भएपछि मात्रै सम्भव हुन्छ।’

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077