Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्न सक्छ: शिक्षामन्त्री पुन

योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्न सक्छ: शिक्षामन्त्री पुन

आइतवार , पौष ६, २०८२

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले योग र ध्यानलाई समाजमा फैल्याउन सके भ्रष्टाचार हट्नसक्ने बताएका छन्।

विश्व ध्यान दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

मनलाई शुद्ध पार्नुपर्ने अहिलेको आवश्यकता भएको उल्लेख गर्दै मन शुद्ध बनाउने कुरा योग र ध्यान भएको बताए।

मन्त्री पुनले भने- 'जति पनि भ्रष्ट्राचारी छन् भन्छौँ हामी उनीहरूको मन भ्रष्ट छ, शुद्ध छैन । उनीहरूमा घमण्ड छ, लोभ लालसा छ । यस्तो किसिमको लोभ, लालसा, घमण्डीपना, भ्रष्टाचारीहरू जुन छ, यसलाई हटाउनको लागि औषधि खुवाएर नहुने देखियो । त्यसको औषधि बनेको पनि छैन । त्यसको औषधिको रूपमा योग, ध्यानलाई हामीले हाम्रो समाज समाजमा फैलाउन सक्नुपर्छ । टोल टोलमा फैलाउन सके भ्रष्टाचार हट्ने ठुलो सम्भावना देखेको छु ।'

भ्रष्टाचार हटाउने औषधि बन्न नसक्ने तर योगले मन शुद्ध बनाउने भएकाले भ्रष्टाचार हट्नसक्ने बताए।

योग ध्यानलाई गाउँ गाउँमा पुर्‍याउनको लागि सबैले प्रयास गर्न उनले आह्वान गरेका छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077