Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

मंगलवार , पौष ८, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता गणेश पराजुलीले देश कमजोर अवस्थामा पुगेका बेला सबै वैकल्पिक शक्तिहरू मिल्नुपर्ने बताएका छन्।

बर्दियामा विस्तारित बैठकलाई सम्बोधन गर्दै रास्वपा वैकल्पिक शक्तिहरूको मूलधारको पार्टी भएको बताएका हुन्।

उनले पार्टी सभापति रवि लामिछाने कारागारबाट बाहिरिएपछि पुराना राजनीतिक दलहरू आत्तिएको बताए ।

उनले भने- 'जेनजी आन्दोलनको मर्म र जनभावनालाई सम्बोधन गर्न ताजा जनादेशको विकल्प छैन। फागुन २१ मा तोकिएको निर्वाचन सार्ने कुचेष्टा भइरहेको छ । निर्वाचन तोकिएकै मितिमा हुनुपर्छ।'

उनले फागुन २१ मा तोकिएको निर्वाचन सार्ने कुचेष्टा भइरहेको दाबी गरेका छन्। उनले आगामी निर्वाचनबाट राष्ट्रिय स्वतन्त्र पार्टी पहिलो शक्ति बन्नेमा कुनै शंका नरहेको बताउँदै मत परिवर्तनका लागि आम नागरिकलाई अपिल समेत गरे।

साथै आगामी निर्वाचनमा बालेन शाह, कुलमान घिसिङ र हर्क साम्पाङजस्ता परिवर्तनका प्रतीक पात्रहरूलाई साथमा लिएर अघि बढ्ने उनको भनाइ थियो।

यसैबीच हिजोराति मात्रै कमलपोखरीमा बालेन र रवि लामिछानेबीच करिब ७ घण्टा वार्ता भएको थियो । वार्तापछि उनीहरु एउटै गाडीमा बाहिरिएका थिए ।

वार्ताका विषय औपचारिक रुपमा सार्वजनिक नभए पनि बालेन र रविबीच एउटै पार्टी बनाएर अघि बढ्ने र शक्ति बाँडफाँट कसरी गर्ने भन्ने विषयमा छलफल बुझिएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077