Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रास्वपाले आफ्नो कार्यकालभित्र सुशासन र समृद्धिको बलियो जग बसाल्छ: गणेश पराजुली

रास्वपाले आफ्नो कार्यकालभित्र सुशासन र समृद्धिको बलियो जग बसाल्छ: गणेश पराजुली

आइतवार , बैशाख १३, २०८३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका उपनेता गणेश पराजुलीले स्थानीय सरकारले लिने अव्यावहारिक करप्रति चासो व्यक्त गरेका छन्। 

आइतवार आयोजित एक कार्यक्रममा बोल्दै पराजुलीले संघीय सरकारको कृषि नीतिसँग नबाझिने गरी स्थानीय तहले प्रभावकारी र न्यायपूर्ण कर प्रणाली बनाउनुपर्नेमा जोड दिएका हुन्। 

उनले भने- 'कृषिमा सहुलियत दिनुको साटो कुखुराको अण्डा, चल्ला र कुखुरा स्वयंमा पनि कर लगाइएको देखियो । यस्तो नीतिले उत्पादनलाई निरुत्साहित गर्छ ।' 

कृषिमा सहुलियत दिनुको कर लगाउने नीतिले उत्पादन निरुत्साहित हुने उनको भनाई छ ।

विगत ३७ वर्षदेखि आयोग बनाएर कार्यकर्तालाई जग्गा बाँड्दै भोटको राजनीति गर्ने काम भइरहेको बताउँदै पराजुलीले अब सुकुम्वासी समस्या समाधान गर्न स्थानीय र संघीय सरकारबीच वास्तविक समन्वय अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे ।

उनले थप भने- 'साँचो अर्थमा सुकुमवासी समस्या समाधान गर्न स्थानीय र संघीय सरकारबीच वास्तविक समन्वय चाहिन्छ । अब भोटका लागि भ्रम छर्ने होइन, वास्तविक पीडितलाई न्याय दिने गरी काम अगाडि बढाउनुपर्छ ।'

रास्वपाले यही ५ वर्षको कार्यकालभित्र सुशासन र समृद्धिको बलियो जग बसाल्ने प्रतिबद्धता समेत उनले जनाए। 

साथै उनले रास्वपा कुनै लहडमा नभई जनताको अभिमत र सुशासनको स्पष्ट एजेण्डासहित आएको दाबी गरेका छन्। 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077