Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

गोकर्णेश्वर नगरपालिकामा रोकिएन बेथिती

गोकर्णेश्वर नगरपालिकामा रोकिएन बेथिती

बिहिवार , पौष १०, २०८२

काठमाडौ । जेनजी आन्दोलनपछि पनि काठमाडौंको गोकर्णेश्वर नगरपालिकामा अनियमितता रोकिएको छैन । ठेक्कामा कमिसनदेखि कर्मचारीलाई जथाभावी भत्ता वितरण जस्ता बेथिती बढ्दै गएपछि स्थानीय आजित भएका छन् ।

नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत यमनारायण गौलीकै नेतृत्वमा अनियमितता बढेको हो । गौली मनलाग्दी रुपमा केही कर्मचारीलाई भ्रमण भत्ता वितरण गरेको विषयमा विभिन्न निकायमा उजुरी परेका छन् ।

स्थानीय भत्ता पनि गौली र उनी निकट केही कर्मचारीले बाँडेर खाने गरेको आरोप छ । लेखा शाखामा अनियमितता रोकिएको छैन । लेखा शाखाका कर्मचराी रामजी रायमाझी र शान्ति खड्काले कर्मचारीको नियमित संचयकोष समेत दाखिला नगरेकोमा कर्मचारी रुष्ट हुँदै आएका छन् ।

शाखाबाट हरेक भुक्तानीमा कमिसन माग्ने गरेको एक स्थानीय व्यवसायी बताउँछन् । प्रशासन शाखाका प्रमुख भुपेन्द्र बोहराले सरकारी नम्बर प्लेटको स्कुटरलाई निजी बनाएका छन् । ०५४ प ५३२२८ नबरको स्कुटुर दुरुपयोग हुँदै आएको छ ।

स्टोर शाखाको अनियमितता त्यस्तै छ । सो शाखाका प्रमुख कृष्णराज राईले कार्यालयका लागि भनेर खरिद गरिएका सामान नै घर ओसार्ने गरेको स्रोत बताउँछ ।

योजना शाखामा खुलेआम घुस चल्ने गरेको छ । शाखाका प्रमुख नारायण प्रसाद पोखरेल र खरिदार प्रकाश भण्डारीले हरेक फाइलमा पैसा माग्ने गरेको गुनासो मेयर दीपक रिसालसम्म पुगेको छ ।

खरिद भण्डारी करारका भएपनि शाखामा उनकै हालिमुहाली चल्दै आएको आरोप छ । प्रमुख कार्यकारी अधिकृत गौलीकै मिलेमतोमा नगरपालिकामा अनियमितता बढ्दै गएको भन्दै स्थानीयले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, संघीय मामिला मन्त्रालय लगायत निकायमा उजुरी गरेका छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077