Jul 25 2026 | २०८३, श्रावण ९ गते

25 Jul 2026 | शनिवार, श्रावण ९ गते २०८३

शनिवार, श्रावण ९ गते २०८३
images
images

सात सचिवको सरुवा, गृहमा राजकुमार श्रेष्ठ

सात सचिवको सरुवा, गृहमा राजकुमार श्रेष्ठ

सोमवार , पौष १४, २०८२

काठमाडौं । सरकारले गृहसचिवसहित सात सचिवको सरुवा गरेको छ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले उनीहरूको सरुवा गर्ने निर्णय गरे पनि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सोमबार सूचना प्रकाशित गरी उक्त निर्णय सार्वजनिक गरेको हो ।

जसअनुसार गृहसचिव रामेश्वर दंगाललाई लोक सेवा आयोगमा सरुवा गर्दै, गृहसचिवमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव राजकुमार श्रेष्ठलाई नियुक्त गरिएको छ ।

यसैगरी, लोक सेवा आयोगका सचिव किरणराज शर्मालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा ल्याइएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा सचिव डा। कृष्णहरी पुष्करलाई उपराष्ट्रपतिको कार्यालयमा सरुवा गर्दै, उनको स्थानमा राष्ट्रपति कार्यालयका सचिव दिपक काफ्लेलाई नियुक्त गरिएको छ ।

यस्तै युवा तथा खेलकुद सचिव डा. हरि लम्साललाई राष्ट्रपतिको कार्यालयमा सरुवा गरिएको छ भने, उनको ठाउँमा उपराष्ट्रपति कार्यालयका लोकनाथ पौडेललाई नियुक्त गरिएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077