Jul 25 2026 | २०८३, श्रावण ९ गते

25 Jul 2026 | शनिवार, श्रावण ९ गते २०८३

शनिवार, श्रावण ९ गते २०८३
images
images

चार सचिवको सरुवा, संघीय मामिलामा पौडेल

चार सचिवको सरुवा, संघीय मामिलामा पौडेल

मंगलवार , मंसिर ९, २०८२

काठमाडौं। चार जना सचिवहरुको सरुवा गरिएको छ।

सोमकार बसेको मन्त्रिपरिषद् बैठकले संघीय तहका प्रमुख निकायका सचिवहरूको सरुवा गर्ने निर्णय गरेको हो।

सरुवासंगै जिम्मेबारी पनि हेरफेर गरिएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव रविलाल पन्थ राष्ट्रिय योजना आयोगमा र कोशी प्रदेशकी प्रमुख सचिव चन्द्रकला पौडेललाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पठाइएको छ।

त्यस्तै मधेश प्रदेशका सचिव मदन भुजेललाई भूमि व्यवस्था तथा सहकारी मन्त्रालयमा स्थानान्तरण गरिएको छ। सो मन्त्रालयका सचिव केदारनाथ शर्मालाई रक्षा मन्त्रालयमा सरुवा गर्दै रक्षा सचिवको जिम्मेवारी दिइएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077