Jul 25 2026 | २०८३, श्रावण ९ गते

25 Jul 2026 | शनिवार, श्रावण ९ गते २०८३

शनिवार, श्रावण ९ गते २०८३
images
images

जिल्ला न्यायाधीश नियुक्तिका लागि २० जना सिफारिस

जिल्ला न्यायाधीश नियुक्तिका लागि २० जना सिफारिस

मंगलवार , पौष १५, २०८२

काठमाडौं । न्याय सेवा आयोगले सोमबार जिल्ला न्यायाधीशमा नियुक्त गर्न २० जनाको नाम सिफारिस गरेको छ ।

जिल्ला न्यायाधीशका लागि २१ जना माग भएकामा मधेसीबाहेकका कोटाबाट न्यायाधीश नियुक्तिका लागि न्याय परिषद्समक्ष सिफारिस गरिएको हो।

आयोगकी प्रवक्ता रामप्यारी सुनुवारका अनुसार जिल्ला न्यायाधीशमा आन्तरिक खुलाबाट ११, खुलाबाट छ, महिला एक र आदिवासी जनजाति दुई जना छानिएका छन् ।

लिखित परीक्षा उत्तीर्ण गरेर अन्तर्वार्ताका लागि २७ जना छनोट भएका थिए ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077