Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

जानकी चौकी नजिकै कुख्यात हुण्डी कारोबारी पक्राउ

जानकी चौकी नजिकै कुख्यात हुण्डी कारोबारी पक्राउ

मंगलवार , पौष १५, २०८२

जनकपुर । जानकी चौकीबाट केही मिटरकै दूरीमा रहेको माछा बजार नजिकै हुण्डी कारोबारमा संलग्न एक अभियुक्तलाई मधेश प्रदेशको विशेष टोली र जिरोमाईल प्रहरी चौकीको संयुक्त टोलीले नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्ने व्यक्ति महोत्तरीको एकडारा गाउँपालिका–४ निवासी ३५ बर्षीय रन्जितकुमार शाह हुन् । उनी हाल माछा बजार नजिक किरण देबि ठाकुरको घरमा डेरा गरी बस्दै आएका थिए ।

शाहलाई मधेश प्रदेश प्रहरी कार्यालय अन्तर्गतको विशेष टोली र प्रहरी चौकी जिरोमाईलको संयुक्त अपरेशनमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

सोही कार्यक्षेत्रमै हुण्डी कारोबारका अभियुक्त पक्राउ परेपछि घटनाले थप चर्चा पाएको छ । पक्राउ परेका शाहमाथि थप अनुसन्धान भइरहेको र आवश्यक कानुनी प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ ।

(यसअघि समाचारमा अन्यथा भएकाले सच्याईंएको छ । सं.)

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077