Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

‘हिमालय रोडिज’ सिजन ७ का च्याम्पियन अनिश तामाङ

‘हिमालय रोडिज’ सिजन ७ का च्याम्पियन अनिश तामाङ

मंगलवार , पौष १५, २०८२

काठमाडौं । ‘हिमालय रोडिज’ सिजन ७ को उपाधि अनिश तामाङले जितेका छन् ।

सोमवार राति प्रसारित ग्रान्ड फिनाले एपिसोडमा नेपाली सेनामा आबद्ध तामाङ विजेता घोषित भएका हुन् ।

उपाधिसँगै उनले १० लाख रुपैयाँ नगद र यामाहाको मोटरसाइकल प्राप्त गरे । विजेतालाई हिमालय टिभीका कार्यकारी निर्देशक श्याम कँडेलसहितका अतिथिले पुरस्कार प्रदान गरे ।

रोजिता लामा उपविजेता घोषित भइन् । उनले एटआइटीएम कलेजबाट ६ लाख बराबरको शैक्षिक छात्रवृत्तिसहितका आकर्षक उपहार प्राप्त गरिन् । रोजिता पेशाले व्यायाम प्रशिक्षक हुन् । उनी ‘हिमालय रोडिज’को इतिहासमा फिनालेसम्म पुग्ने पहिलो महिला प्रतियोगी बनेकी छन् ।

गत सिजन पनि अनुपकै समूहका जोसेफ शर्माले उपाधि जितेका थिए ।

कार्यक्रमको शीर्ष प्रायोजक यामाहा नेपाल रहेको छ । सो अवसरमा ‘हिमालय रोडिज’ सिजन ८ का लागि अडिसन खुला गरिएको जानकारीसमेत दिइएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077