Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

गोली लागेको अवस्थामा २२ वर्षीय युवकको शव फेला

गोली लागेको अवस्थामा २२ वर्षीय युवकको शव फेला

बुधवार , पौष १६, २०८२

सिन्धुली । सिन्धुलीको सुनकोशी गाउँपालिका-५ बन्दिपुरका २२ वर्षीय आशमान तामाङको गोली लागेको अवस्थामा शव फेला परेको छ।

जिल्लाको घ्याङ्लेख गाउँपालिका-१ स्थित पिउरीखोला जंगलमा तामाङको शव फेला परेको हो।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी लालध्वज सुवेदीका अनुसार तामाङको हत्या भएको हो वा आफैं बन्दुक पड्किएर गोली लागेको हो भन्ने विषयमा हालसम्म केही खुल्न सकेको छैन। घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार तामाङको शव उनको घरदेखि करिब ३ किलोमिटर दक्षिणतर्फ पर्ने जंगल क्षेत्रमा फेला परेको थियो। प्रहरी चौकी अमलेले नाइटोको भागबाट रगत बगिरहेको अवस्थामा शव देखेपछि जिल्ला प्रहरी कार्यालयलाई जानकारी गराएको थियो।

घटनास्थलको मुचुल्का तथा प्रारम्भिक अनुसन्धानपछि शवलाई पोस्टमार्टमका लागि पठाउने तयारी गरिएको छ। प्रहरीले अहिले अनुसन्धान अघि बढाइरहेको र थप विवरण अनुसन्धानपछि सार्वजनिक गरिने बताइएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077