Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

६ करोड २३ लाखमा यस्तो बन्यो ईप्रका खैरहनी नवनिर्मित भवन

६ करोड २३ लाखमा यस्तो बन्यो ईप्रका खैरहनी नवनिर्मित भवन

बुधवार , पौष १६, २०८२

सुरेश कोइराला
चितवन । ईलाका प्रहरी कार्यलय खैरहनी चितवनको नवनिर्मित भवनको उद्घाटन भएको छ । बुधबार एक कार्यक्रमको आयोजना गरी बाग्मती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाले सो भवनको उद्घाटन गरेका हुन् ।

उद्घाटन गर्दै बानियाले सुरक्षाकर्मीहरु नागरिकसँग सहकार्य गर्दै समाजमा शान्ती सुरक्षा कायम, अपराध अनुसन्धान र नियन्त्रण गर्ने कार्यमा निरन्तर खटिदै आएको बताए ।

उनले भने–‘दुःखको बेला, झगडा, हत्या, आत्मत्या, दुर्घटना, भुकम्प, बाढी पहिरो आदीमा सबै भन्दा पहिला पुग्ने नेपाल प्रहरी नै हो। नेपाल प्रहरी र नागरिकबिच सबैभन्दा नजिकको सम्बन्ध छ। हाल निर्माण भएको भवनबाट प्रहरीले नागरिकलाई सुरक्षा दिन अझ बढी सहज हुने विश्ववास लिएको छु ।’

कार्यक्रममा प्रहरी नायब महानिरिक्षक अरुण पौडेलले लगायतले शुभकामना ब्यक्त गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै नायब महानिरिक्षक पौडेलले भने–‘आजबाट भवन सुबिधा सम्पन्न भएको छ। भवनको स्वरुप र रङ मात्र हाम्रो परिवर्तन होइन, हाम्रो व्यवसायिक गन्तव्य, बोली, बचन, व्यवहार, शिस्टता र कानुन, कार्यन्व्यनमा निर्भययुक्त,निश्पक्षताको कार्यशैलीलाई संस्थागत गर्नु नै हो। यी कार्यशैलीले मात्र सही अर्थमा यो भवनले सार्थकता पाउने छ र नागरिकको अपेक्षा अनुरुपको प्रहरी सेवा प्रदान गर्न सक्ने छ भन्ने कुरामा दृढ संकल्पित छौं ।’

त्यसैगरी जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरिक्षक गोबिन्द पुरीले जनताको सेवा र सुरक्षामा खटिने प्रहरीले बस्नको लागि उपयुक्त भवन नहुँदा कष्ट सहेरै भएपनि सेवा दिइरहेको बताए ।

बर्खामा छानो चुहिएने, गर्मी मौसममा टिन तातेर रातभर सुत्न नपाई छर्लङ्ग रात कटाउनु पर्ने र दिनभर तातो सडकमा घण्टौ ऊभिएर थकित हुँदा पनि प्रहरीले आम जनतालाई सेवा प्रदान गरिरहेको उनको भनाई थियो ।

यसरी सेवा प्रदान गरिरहेका प्रहरी जवानका ती गलित शरीर मस्त निदाउन सक्ने अवस्था थिएन भवन निर्माण भएसँगै अब भने सहज र सुबिधा हुने उनको भनाई थियो ।

उक्त भवन ६ करोड २३ लाख ६९ हजार २७७ रुपैयाँमा निर्माण भएको चितवन प्रहरीले जनाएको छ । जसमा व्यारेक र मेश भवनहरुको आरसीसी फ्रेम स्ट्रक्चर अवधारणा अनुसार १९३४ बर्ग मिटर क्षेत्रफलमा तीन तल्ले कार्यालय, तीन तल्ले ब्यारेक र मेश भवनहरुको निर्माण गरिएको छ।

नवनिर्मित कार्यालय भवनमा भुइ तल्लामा गार्ड कक्ष १, हेल्प डेस्क १, महिला सेल १, इन्भेष्टिगेसन कक्ष १, शौचालयसहितको महिला हिरासत कक्ष १, पुरुष हिरासत कक्ष १, माहिला र पुरुष शौचालयको सुविधा सहित ८ वटा कोठाहरु रहेका छन् ।

त्यसैगरी पहिलो तल्लामा कार्यालय प्रमुख कक्ष १, सभा हल १, लेखा कक्ष १, प्रशासन कक्ष १, अडियो तथा भिडियो कक्ष १, कम्प्युटर कक्ष १, माहिला र पुरुष शौचालयको सुविधा सहित ८ वटा कोठाहरु रहेकाक छन् । दोस्रो तल्लामा भने संचार कक्ष १, संचार ब्यारेक कक्ष १ र कार्यालय प्रमुख निवास १ सहित सुविधा सम्पन्न तीन कोठा रहेका छन् ।

व्यारेक भवनको भुई तल्लामा पुरुष ब्यारेक १, माहिला ब्यारेक १ साथै छुट्टाछुट्टै शौचालय र स्नान गृह रहेको छ । साथै यस भवनको पहिलो र दोस्रो तल्लामा २–२ वटा ब्यारेक कक्ष र शौचालय तथा स्नान गृहको सुविधा सहित ३ वटा कोठाहरु रहेका छन् ।
मेश भवनमा भने भण्डार कक्ष १, भान्सा कक्ष १, भोजन कक्ष १ सहित ३ वटा कोठाहरु रहेको खैरहनी प्रहरीले जनाएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077