काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । बिहीबार बिहानदेखि लागू हुने गरी पेट्रोल लिटरमा ४ रुपैयाँ र डिजेलरमट्टीतेल लिटरमा ५ रुपैयाँ घटाइएको छ ।
साथै हवाई इन्धनमा पनि कटौती गरिएको छ। आन्तरिक उडानका लागि हवाई इन्धन लिटरमा ६ रुपैयाँ घटाइए भने अन्तर्राष्ट्रिय उडानका लागि काठमाडौंमा प्रतिकिलोलिटर अमेरिकी डलर ४२ ले मूल्य घटाइएको निगमले जनाएको छ।
एलपी ग्याँसको मूल्य बढेर आएको भए पनि उपभोक्ताको हितलाई ध्यानमा राख्दै बिक्री मूल्य यथावत् राखिएको छ। निगमले बुधबार जारी गरेको विज्ञप्तिमा भनिएको छ,
ूनिगम सञ्चालक समितिको निर्णय अनुसार १ जनवरी, २०२६ ९००स्०१ बजेदेखि० पेट्रोल लिटरमा रु। ४, डिजेलरमट्टीतेल लिटरमा रु। ५, हवाई इन्धन आन्तरिकतर्फ लिटरमा रु। ६ र अन्तर्राष्ट्रिय उडान काठमाडौंका लागि प्रतिकिलोलिटर अमेरिकी डलर ४२ ले घटाइएको छ।ू
मूल्य कटौतीपछि पहिलो वर्गका शहरहरूमा पेट्रोल लिटरको मूल्य १६०।५० रुपैयाँ, दोस्रो वर्गका लागि १६२ रुपैयाँ र तेस्रो वर्गका लागि १६३ रुपैयाँ तोकिएको छ।
निगमले चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जलाई पहिलो वर्गमा, सुर्खेत र दाङलाई दोस्रो वर्गमा, र काठमाडौं, पोखरा तथा दीपायल डिपोलाई तेस्रो वर्गमा राखेको छ।