Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

टायल्स उद्योगमा दुई मजदुर मृत फेला, घटना शंकास्पद भन्दै आफन्तले घेरे उद्योग

टायल्स उद्योगमा दुई मजदुर मृत फेला, घटना शंकास्पद भन्दै आफन्तले घेरे उद्योग

बिहिवार , पौष १७, २०८२

नवलपरासी। पश्चिम नवलपरासीको बर्दघाटमा दुई जना मजदुर मृत फेला परेका छन् ।

बर्दघाट नगरपालिका-१२ कजडैयास्थित टायल उद्योगमा कार्यरत एक जना नेपाली र एक जना भारतीय मजदुर उद्योगमा मृत फेला परेका हुन् ।

प्रहरीका अनुसार मृत फेला पर्नेमा नवलपरासी बर्दघाट नगरपालिका-१३ धनेवाका ४० वर्षीय होमबहादुर थापा र भारत उत्तर प्रदेश प्रतापगढ जिल्ला-६६ ग्रामपोस्टका ३० वर्षीय विनोद कुमार रहेका छन् ।

बुधबार राति ८ बजेदेखि बिहीबार बिहान ८ बजेसम्म ग्यासी फायरमा डिउटीमा खटिएका उनीहरू ग्यासी फायरको पोकिङ फ्लोरमा सुतेको अवस्थामा मृत फेला परेको खबर कम्पनीका म्यानेजर रमेश न्यौपानेले आज बिहान सवा ९ बजे प्रहरीलाई दिएका थिए ।

खबर पाउना साथ प्रहरीको टोली घटनास्थल पुगेको थियो ।

प्रहरीका अनुसार मृत फेला परेका दुवै जना मजदुरको शरीरमा कुनै पनि प्रकारको घाउ चोट देखिएको छैन ।

मृतकका आफन्तले भने घटना शंकास्पद भएको भन्दै उद्योग घेराउ गर्दै प्रदर्शन गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077