Jul 25 2026 | २०८३, श्रावण ९ गते

25 Jul 2026 | शनिवार, श्रावण ९ गते २०८३

शनिवार, श्रावण ९ गते २०८३
images
images

कोरिया पठाउन ढिलाइ गरेको भन्दै ईपीएस कार्यालय अगाडि आज पनि प्रदर्शन

कोरिया पठाउन ढिलाइ गरेको भन्दै ईपीएस कार्यालय अगाडि आज पनि प्रदर्शन

बिहिवार , पौष १७, २०८२

काठमाडौं। वैदेशिक रोजगारीका लागि दक्षिण कोरिया पठाउनुपर्ने माग राख्दै ललितपुर ग्वार्कोस्थित ईपीएस कार्यालयमा प्रदर्शन गरिएको छ ।

दुई वर्षअघि रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत भाषा परीक्षा पास गरेर रोस्टरमा रहेका युवाहरुले कोरिया पठाउन ढिलाइ भएको भन्दै कार्यालय अगाडि प्रदर्शन गरेका हुन् ।

दुई महिना अघि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र आन्दोलनरत पक्षबीच सहमति भएको भए पनि दुई महिना बित्दासमेत सरकारले आवश्यक प्रक्रिया अगाडि नबढाएको भन्दै फेरी आन्दोलन सुरु गरेको आन्दोलनमा उत्रिएका एक युवाले बताए ।

उनले कोरीयाको मागभन्दा बढी जनाको आवेदन खुलाएको कारण अवसर नपाएको भन्दै आफूहरूलाई दोधारे समस्यामा पारेको बताए ।

सन् २०२५ का लागि १ लाख ६३ हजार जना परीक्षामा सहभागी भएकोमा १७ हजार ३० जना भाषा परीक्षामा उत्तीर्ण भएका थिए । तीमध्ये अधिकांशको अहिलेसम्म करार सम्झौता समेत नभएका कारण कोरिया जान पाएका छैनन् ।

सन् २०२३ मा पास भएका कृषि र सिपका पासरहरुको फाइल कम्पनीमा एकचोटी पनि नपुगी २ वर्षको रोस्टर अवधि समाप्त हुँदैछ ।

त्यसैले रोष्टरमा रहेका युवाहरुले आफ्नो भविष्यमाथि खेलबाड गरेको भन्दै हिजो पनि अबेर रातीसम्म ग्वार्कोस्थित इपीएस कोरिया शाखा अगाडि प्रदर्शन गरेका थिए ।

उनीहरुले प्रक्रियामा ढिलाइ हुँदा पीडितले भोग्नुपरेको आर्थिकरमानसिक क्षतिको जिम्मेवारी सरकारले लिनुपर्ने लगायत विभिन्न ९ बुँदे माग राखेका छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077