Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

ईपीएस शाखा अगाडि फेरि आन्दोलनमा उत्रिए पीडित युवाहरु

ईपीएस शाखा अगाडि फेरि आन्दोलनमा उत्रिए पीडित युवाहरु

बुधवार , पौष १६, २०८२

काठमाडौं। रोजगार अनुमति प्रणाली (इपीएस) को भाषा परीक्षा पास गरेर बसेका युवाहरु फेरि आन्दोलनमा उत्रिएका छन् ।

बुधबार ललितपुरको ग्वार्कोस्थित वैदेशिक रोजगार विभाग अन्तर्गत ईपीएस कोरिया शाखा अगाडि आन्दोलन गरेका हुन् ।

२०२२ देखि इपीएस प्रणालीमा अत्याधिक विद्यार्थी भाषा परीक्षा पास गराउने रणनीतिको कारण रोस्टरमा चाप वृद्धि भएको र कोरियालाई चाहिने आवश्यकता भन्दा तीन गुणा पास गराएर ३ तिहाईको १ तिहाई कोरिया लाने प्रवृतिको कारण रोस्टरमा पासरहरु अलपत्र पारेको उनीहरुको आरोप छ ।

आन्दोलित विद्यार्थीहरुका अनुसार सन् २०२२ देखि भाषा परीक्षा उतीर्ण भएदेखि २०२६ सम्म आइपुग्दा कोरिया नपुगेका संख्या १० हजारको हारहारीमा छ।

सन् २०२३ मा पास भएका कृषि र सिपका पासरहरुको फाइल कम्पनीमा एकचोटी पनि नपुगी २ वर्षको रोस्टर अवधि समाप्त हुँदैछ ।

त्यसैले रोष्टरमा रहेका युवाहरुले आफ्नो भविष्यमाथि खेलबाड गरेको भन्दै ग्वार्कोस्थित इपीएस कोरिया शाखा अगाडि प्रदर्शन गरेका छन् ।

उनीहरुले सकिन लागेको रोस्टर थप गर्नुपर्ने र सेक्टर परिर्तन गरेर भएपनि कोरिया लैजानुपर्ने विभिन्न ९ बुँदे माग राखेका छन् ।

साथै प्रक्रियामा ढिलाइ हुँदा पीडितले भोग्नुपरेको आर्थिक/मानसिक क्षतिको जिम्मेवारी सरकारले लिनुपर्ने उनीहरुको माग छ ।

May be an image of crowd and text

यस्तै आन्दोलित युवाहरुलाई इपिएस कोरिया शाखाकी निर्देशक बिन्दा आचार्यले पीडितहरुले उठाएको माग पूरा गर्न श्रम मन्त्रालयसंग पहल गर्ने प्रतिबद्धता जनाएकी छन् ।

शाखाले इपिएस प्रणाली सुधार गर्ने प्रतिबद्धता जनाए पनि हालसम्म समस्या यथावत नै छ ।

सन् २००८ देखि दक्षिण कोरियाले ईपीएसमार्फत रोजगारीका लागि नेपाली श्रमिक लैजाँदै आएको छ । वैदेशिक रोजगार विभागअन्तर्गतको ईपीएस कोरिया शाखाको तथ्यांकअनुसार हालसम्म नौ लाख १९ हजार ६३१ युवाले कोरियन भाषा परीक्षाका लागि आवेदन दिएका छन् ।

ईपीएसमार्फत नेपाली युवा रोजगारीका लागि दक्षिण कोरिया जान थालेको १७ वर्षका अवधिमा सबैभन्दा बढी सन् २०२३ मा १९ हजार ६८९ जना दक्षिण कोरिया प्रस्थान गरेका थिए । इपिएस प्रणालीबाट हालसम्म नेपालबाट १ लाख २० हजार श्रमिक कोरिया गएका छन् ।

हाल दक्षिण कोरियाले उत्पादनमूलक क्षेत्र, कृषि, पानीजहाज निर्माण लगायत क्षेत्रमा १७ ओटा देशबाट श्रमिक लैजाँदै आएको छ।

यस्ता छन् उनीहरुका माग:

May be an image of text

 

 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077