Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

दोधारा चाँदनीमा बाघको डमरु मृत फेला

दोधारा चाँदनीमा बाघको डमरु मृत फेला

बिहिवार , पौष १७, २०८२

कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र दोधारा चाँदनीमा बाघको डमरु मृत फेला परेको छ ।

दोधारा चाँदनी नगरपालिका–१ स्थित गौरीशङ्कर सामुदायिक वन नजिकै जोगबुढा नदीमा बाघको बच्चा मृत भेटिएको हो ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका सूचना अधिकारी पुरुषोत्तम वाग्लेले भने,‘करिब एक डेढ महिनाको बाघको बच्चाको मृत्यु भएको छ। नजिकै रहेको भारतीय वन क्षेत्रबाट आएको हुनसक्ने अनुमान गरेका छौं । डमरुको शव परीक्षण भइसकेको छ, अब के गर्ने भन्नेबारे विभागले निर्णय गर्छ ।’

नदी किनारमा बाघको डमरु अशक्त अवस्थामा देखेपछि स्थानीयले निकुञ्ज कार्यालयलाई खबर गरेका थिए।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077