काठमाडौं । नेपाल आएका बलिउड अभिनेता सञ्जय दत्तले नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरेका छन् ।
बिहीबार काठमाडौं आएका अभिनेता दत्त ललितपुरको हात्तीवनस्थित प्रचण्ड निवास पुगेर भेटवार्ता गरेका हुन् ।
उनीहरूबीच करिब आधा घण्टा समसामयिक विषय र आपसी चासोका विषयमा छलफल भएको बताइएको छ ।
संजय दत्त शुक्रबार बाराही होटलस्थित ‘बादशाह क्यासिनो’को उद्घाटन गर्ने कार्यक्रम छ। उद्घाटन कार्यक्रम सम्पन्न गरेपछि दत्त शुक्रबार नै भारत फर्किने बताइएको छ ।