Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

कांग्रेस विशेष महाधिवेशन: को-को नेता, कार्यकर्ता भए सहभागी ?

कांग्रेस विशेष महाधिवेशन: को-को नेता, कार्यकर्ता भए सहभागी ?

आइतवार , पौष २७, २०८२

काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ ।

महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको आह्वानमा आयोजित यो महाधिवेशनको उद्घाटन महामन्त्रीद्वयले गरेका हुन् ।

महाधिवेशनमा देशभरबाट आएका प्रतिनिधिहरूको नाम दर्ता प्रक्रिया बिहानदेखि नै सुरु भएको छ ।

दुईदिने विशेष महाधिवेशनको पहिलो दिन आठवटा ‘स्टल’बाट नाम दर्ता प्रक्रिया सुरु भइरहेको छ। कांग्रेसमा देशभर चार हजार ७४३ महाधिवेशन प्रतिनिधि छन्। जसमध्ये अहिलेसम्म १‚३२७ महाधिवेशन प्रतिनिधिले नाम दर्ता गराइसकेका छन्।

आयोजकहरूकाअनुसार ६० प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिको सहभागिता रहने अपेक्षा गरिएको छ । प्रतिनिधि दर्ता शुल्क प्रतिव्यक्ति एक हजार रुपैयाँ तोकिएको छ ।

महाधिवेशनले पार्टीको नेतृत्व परिवर्तन, नीतिगत पुनरवलोकन, संरचनागत सुधारलगायतका एजेन्डामा छलफल गर्ने जनाइएको छ। उद्घाटन सत्रपछि बन्द सत्र सुरु हुने र महाधिवेशन सोमवारसम्म चल्ने कार्यक्रम छ ।

यद्यपि, पार्टीको संस्थापन पक्ष (सभापति शेरबहादुर देउवा नेतृत्वले )  यो महाधिवेशनलाई औपचारिक मान्यता दिएको छैन । यसलाई विधानविपरीत भएको बताएको छ ।

संस्थापन पक्षले नियमित १५औँ महाधिवेशनको कार्यतालिका तय भइसकेकाले विशेष महाधिवेशनको औचित्य नभएको धारणा राख्दै आएको छ ।


२०१४ सालमा पहिलो विशेष महाधिवेशन विराटनगरमा भएको थियो। बीपी कोइरालाको नेतृत्वमा उक्त महाधिवेशन भएपछि अहिले दोस्रो विशेष महाधिवेशन भइरहेको हो।

विशेष महाधिवेशनमामहामन्त्रीद्वय थापासहित पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठ, पूर्वसभामुख तारानाथ रानाभाट, नेताहरू चन्द्र भण्डारी, अर्जुननरसिंह केसी, प्रदीप पौडेल, फर्मुल्लाह मन्सुर, उदयशमशेर राणा, महेश आचार्य, पुष्पा भुसाल, सुरेन्द्र चौधरीलगायत नेताहरु सहभागी छन्।

साथै महाधिवेशन स्थल भृकुटीमण्डपमा हजारौँ नेता, कार्यकर्ता र शुभचिन्तकहरूको उत्साहपूर्ण उपस्थिति रहेको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077