Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

समानुपातिक र महाधिवेशन प्रतिनिधि बारे विश्वको नयाँ प्रस्ताव

समानुपातिक र महाधिवेशन प्रतिनिधि बारे विश्वको नयाँ प्रस्ताव

सोमवार , पौष २८, २०८२

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनमा महामन्त्री विश्वप्रकाश शर्माले समानुपातिकतर्फका प्रतिनिधि सम्बन्धी नयाँ प्रस्ताव अघि सारेका छन्।

राजनीतिक प्रस्ताव पेश गर्दै शर्माले एक पटक समानुपातिक निर्वाचन प्रणालीबाट अवसर पाएको व्यक्ति अर्को पटक पुनः समानुपातिकमा नआउने व्यवस्था गर्नुपर्ने बताएका हुन्। उनले यसलाई ‘एकपटकको समानुपातिक अन्तिम समानुपातिक’को अवधारणाका रूपमा प्रस्ताव गरेका छन्।

प्रतिवेदन पेस गर्ने क्रममा शर्माले भने–‘एक पटक समानुपातिक पाएको व्यक्ति अर्को पटक त्यसलाई अन्तिम मानिने प्रस्ताव मैले यहाँ पेश गरेको छु। यस विषयमा खुला छलफल गरौं।’

उनको प्रस्तावले पार्टीभित्र अवसरको न्यायोचित वितरण र नेतृत्वमा नयाँ अनुहार ल्याउन मद्दत गर्ने अपेक्षा गरिएको छ।

त्यसैगरी उनले पार्टीका केन्द्रीय पदाधिकारी र केन्द्रीय सदस्य पनि महाधिवेशन प्रतिनिधि बन्न तल्लो कमिटीबाट निर्वाचित भएर आउनुपर्ने प्रस्ताव राखेका छन्। यसले पार्टीभित्र लोकतान्त्रिक अभ्यास बलियो बनाउने उनको भनाइ छ।

प्रस्तावले नेतृत्व चयनमा अवसरको समान वितरण र नयाँ अनुहारलाई अघि बढाउने उद्देश्य राखेको बताइएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077