काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निकट मानिएका कांग्रेस नेता एवं निवर्तमान सांसद विनोद चौधरी पनि जारी दोस्रो विशेष महाधिवेशनको पक्षमा देखिएका छन् । उनी महाधिवेशनमा भाग लिन भृकुटीमण्डप आएका हुन् ।
नवलपरासी निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित उनी विगतमा सभापति शेरबहादुर देउवा निकट भनेर चिनिएका थिए। उनी अहिलेसम्म विशेष महाधिवेशनको पक्ष कि विपक्षमा भन्ने खुलेको थिएन।
तर अन्तिम समयमा विशेष महाधिवेशनको पक्षमा नेताहरू खुल्ने क्रममा चौधरीले पनि आफूलाई विशेष महाधिवेशनको पक्षमा उभ्याएका हुन्।