Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

कांग्रेस सभापति देउवालाई गुरुराज घिमिरेले भने - एकताको सन्देश दिन भृकुटीमण्डप आउनुहोस्

कांग्रेस सभापति देउवालाई गुरुराज घिमिरेले भने - एकताको सन्देश दिन भृकुटीमण्डप आउनुहोस्

आइतवार , पौष २७, २०८२

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता गुरूराज घिमिरेले पार्टी सभापति र कार्यवाहक सभापतिलाई विशेष महाधिवेशनमा सामेल भएर एकताको सन्देश दिन आह्वान गरेका छन्।

काठमाडौंको भृकुटीमण्डपमा जारी दोस्रो विशेष महाधिवेशनको उद्घाटनमा बोल्दै घिमिरेले पार्टी सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई महाधिवेशनस्थल आउन आह्वान गरेका हुन्। उनी विशेष महाधिवेशन माग गर्ने अभियानका नेतृत्वकर्तामध्येका एक हुन् ।

ृउनले भने–‘सभापति र कार्यवाहक सभापतिज्यूलाई आजको ऐतिहासिक क्षणमा उभिएर म आग्रह गर्न चाहन्छु, मसँग अहिले तिक्ताको भण्डार रित्तिएको छ। नराम्रो बोल्ने शब्दहरू रित्तिएको छ। तपाईंहरू पनि आउनुस्, यो विशेष महाधिवेनलाई सयप्रतिशतको महाधिवेशन बनाऊ । आगामी संसदीय निर्वाचनलाई दिग्विजयमा परिणत गर्ने यो अवसरलाई नजरअन्दाज नगर्नूस्।’

बिपी कोइराला र सुवर्णशमशेरले एकताबद्ध रूपमा पार्टी चलाएजस्तै अहिले पनि सबै मिलेर पार्टी अगाडि बढाउनुपर्नेमा उनले जोड दिए।

उनले भने–‘नेपाली कांग्रेसको साधारण सदस्यले पनि पार्टीको दीर्घ जीवन र लोकतन्त्र सुनिश्चित भविष्यका लागि धेरै अर्थ राख्छ। आज यी सदस्यहरूले यो विशेष महाधिवेशन आह्वान गरेका छन्। यसमा सबैले भाग लिएर एकताको सन्देश दिनुपर्ने खाँचो छ ।’

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077