Jul 25 2026 | २०८३, श्रावण ९ गते

25 Jul 2026 | शनिवार, श्रावण ९ गते २०८३

शनिवार, श्रावण ९ गते २०८३
images
images

विद्यार्थीले बनाएको ‘मुनाल’ उपग्रह आज प्रक्षेपण हुँदै

विद्यार्थीले बनाएको ‘मुनाल’ उपग्रह आज प्रक्षेपण हुँदै

सोमवार , पौष २८, २०८२

काठमाडौं । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट)ले स्वदेशमै विकसित ‘मुनाल’ नामक उपग्रह प्रक्षेपणको सम्पूर्ण तयारी पूरा गरेको छ।

उच्च माध्यमिक तहका विद्यार्थीहरूको नेतृत्वमा निर्माण गरिएको यो उपग्रह नेपालको अन्तरिक्ष प्रविधि विकास यात्रामा ऐतिहासिक उपलब्धिका रूपमा हेरिएको छ।

नेपालको पहिलो स्पेस सिस्टम प्रयोगशालामा करिब दुई वर्ष लगाएर तयार गरिएको ‘मुनाल’ उपग्रह वनस्पति अनुगमन, स्वदेशी प्रविधिको परीक्षण तथा कृत्रिम बौद्धिकतामा आधारित डाटा प्रशोधनका लागि प्रयोग गरिनेछ।

उपग्रहको सञ्चालन ललितपुरको खुमलटारस्थित ग्राउन्ड स्टेसनबाट गरिनेछ। नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठानका सचिव डा. रविन्द्रप्रसाद ढकालका अनुसार ‘मुनाल’ उपग्रह भारतीय अन्तरिक्ष अनुसन्धान संस्थाको एसएलभी रकेटमार्फत ‘राइडसेयर पेलोड’का रूपमा आज बिहान १०ः१७ बजे भारतीय समयअनुसार (नेपाल समय १०ः३२ बजे) प्रक्षेपण गरिँदैछ।

यो प्रक्षेपण भारतको श्रीहरिकोटास्थित सतीश धवन अन्तरिक्ष केन्द्रबाट हुने जानकारी नास्टले दिएको छ। ‘मुनाल’ उपग्रहको प्रक्षेपणसँगै नेपाल अन्तरिक्ष प्रविधिको प्रयोगात्मक चरणबाट व्यावहारिक प्रयोगतर्फ प्रवेश गर्ने अपेक्षा गरिएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077