Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

आयल निगमको खुद नाफा १३ अर्ब ६७ करोड

आयल निगमको खुद नाफा १३ अर्ब ६७ करोड

सोमवार , पौष २८, २०८२

काठमाडौं । नेपाल आयल निगमले एक वर्षमा १३ अर्ब ६७ करोड खुद नाफा कमाएको छ । निगमका अनुसार गत आर्थिक वर्षमा निगमले ३६७ अर्ब रूपैयाँको कारोबार गरेको छ ।
निगमले गत आर्थिक वर्षमा स्वचालित मूल्य प्रणालीको निरन्तर प्रयोगबाट उक्त रकम बराबरको कारोबार गरेको हो ।

निगमका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टले आयल निगमले आर्थिक सबलताको सफल यात्रा तय गरेको भन्दै शनिबार ५६औं वार्षिकोत्सवमा खुद नाफाको तथ्यांक सार्वजनिक गरेका थिए ।

निगमले सार्वजनिक गरेको तथ्यांकमा भनिएको छ–‘गत आवमा स्वचालित मूल्य प्रणालीको निरन्तर प्रयोगबाट कुल ३६७ अर्बको कारोबार गरेकोमा खुद नाफा १३ अर्ब ६७ करोड भएको र सरकारी राजस्वमा १२४ अर्बको योगदान गरेको छ ।’

निगमका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टका अनुसार निगमले गत आर्थिक वर्षमा पेट्रोल ६३ हजार किलोलिटर, डिजेल १२२ हजार किलोलिटर, मट्टितेल २ हजार किलोटिर र हवाई इन्धन १८ हजार किलोलिटर तटा एलपी ग्यास ४६ हजार टन आपूर्ति गरेको थियो ।

कार्यकारी निर्देशक भट्टले २०७१ सालमा सुरु गरिएको ‘स्वचालित मूल्य प्रणाली’ नै निगम इतिहासमा सबैभन्दा महत्त्वपूर्ण कोशेढुंगा सावित भएको र यसैका कारण निगम आज आर्थिक रूपमा मजबुत बनेको उल्लेख गरे ।

करिब ७ सय स्थायी र ३ सय ज्यालादारी कर्मचारीका भरमा देशभरि दैनिक ७५ लाख लिटर पेट्रोलियम पदार्थ र १ हजार ५ सय टन ग्यास वितरण गर्नु आफैंमा चुनौतीपूर्ण रहेको भन्दै डा। भट्टले कर्मचारीको लगनशीलताको प्रशंसा गरे । एक कर्मचारीले औसत २० हजार सेवाग्राहीलाई सेवा दिइरहेको उनले बताए ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077