Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बालुवाटार घेर्न आव्हान गर्दै ५० लाख म्यासेज पठाउने निर्देश सेढाई पक्राउ

बालुवाटार घेर्न आव्हान गर्दै ५० लाख म्यासेज पठाउने निर्देश सेढाई पक्राउ

बुधवार , पौष ३०, २०८२

काठमाडौं । प्रदेश संरचना हटाउँदै सनातन संवैधानिक राजसंस्था स्थापना लागि प्रधानमन्त्री निवास बालुवाटार घेर्न आव्हान गर्ने व्यक्ति पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा चितवन घर भएका ३४ वर्षीय निर्देश सेढाई रहेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले मंगलबार राति हात्तीसारबाट सेढाईलाई पक्राउ गरेको हो ।

गाडी व्यवसाय गर्दै आएका सेढाईंले नेपाल टेलिकमको गेटवे प्रयोग गरेर ‘एटी अलर्ट’ मार्फत विभिन्न व्यक्तिहरूलाई ५० लाख एसएमएस पठाई पुस ३० गते मध्यान्ह १२ बजे बालुवाटार घेर्न जान आव्हान गरेका थिए । सेढाईको सन्देशमा प्रदेश हटाई प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र राजासहितको सनातनी हिन्दु अधिराज्य बनाउनका लागि आव्हान गरिएको थियो।

सेढाईले सार्वजनिक शान्तिमा खलल पुर्‍याउने कार्य गरेको र संविधान विपरीतको कार्य भएको भन्दै अपराध अनुसन्धान कार्यालयले मंगलबार पक्राउ गरेको हो ।

अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी रमेश बस्नेतका अनुसार उनीमाथि सार्वजनिक शान्तिमा खलल पुराएको कसुरमा अनुसन्धान हुनेछ ।

त्यसबाहेक संविधान विपरीत नेपाल टेलिकमको गेटवे प्रयोग गरी कसरी सन्देश प्रसारित भयो र त्यसका लागि अनुमति लिइयो कि लिइएन भन्ने सम्बन्धमा पनि अनुसन्धान हुने जनाइएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077