Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

काठमाडौंका ९५ कल्सल्टेन्सीमा प्रहरीको छापा, एकैदिन ६९ जना सञ्चालक पक्राउ

काठमाडौंका ९५ कल्सल्टेन्सीमा प्रहरीको छापा, एकैदिन ६९ जना सञ्चालक पक्राउ

शुक्रवार , जेठ १, २०८३

काठमाडौं । उपत्यका अपराध अनुसन्धान कार्यालयले काठमाडौं उपत्यकाभित्र सञ्चालित ९५ वटा शैक्षिक परामर्श (कन्सल्टेन्सी) संस्थामा छापा मारेको छ ।

उच्च शिक्षाका लागि विदेश पठाइदिने भन्दै विद्यार्थीहरुलाई ठगी गर्ने गरेको गुनासोका आधारमा अपराध अनुसन्धान कार्यालयमा परेको उजुरीका आधारमा शुक्रबार एकैदिन ६९ जना कन्सल्टेन्सीका सञ्चालकहरुलाई पक्राउ गरिएको हो ।

कार्यालयका सूचना अधिकारीका अनुसार विभिन्न स्थानमा सञ्चालनमा रहेका कन्सल्टेन्सीहरु माथि अनुसन्धान गरिएको थियो ।

त्यसपछि कार्यालयले शुक्रबार ९५ वटा कन्सल्टेन्सी व्यवसायीमाथि कन्सल्टेन्सीहरूमा छापा मारेको हो ।

प्रहरीले शैक्षिक परामर्शका नाममा भइरहेको ठगी, अवैध कारोबार तथा कागजातसम्बन्धी अनियमितताको आशंकामा अनुसन्धान सुरु गरिएको जनाएको छ। 

त्यस्तै अन्य ठगीमा परेकाहरुलाई समेत काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको सम्पर्कमा आउन समेत भनिएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077