Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

पूर्णबहादुर खड्काले भने- विशेष महाधिवेशनका नाममा अनावश्यक भेला गरियो, विधानले चिन्दैन

पूर्णबहादुर खड्काले भने- विशेष महाधिवेशनका नाममा अनावश्यक भेला गरियो, विधानले चिन्दैन

शुक्रवार , माघ २, २०८२

काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले कुनै पनि प्रकृतिको महाधिवेशन अधिवेशन गर्ने अधिकार केन्द्रीय कार्यसमितिलाई मात्र भएको जिकिर गरेका छन् ।

कांग्रेसभित्रको पछिल्लो राजनीतिक घटनाक्रमबारे पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै खड्काले सो कुरा बताएका हुन् ।

उनले पार्टीको विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिलाई विधानले नचिन्ने समेत दाबी गरे ।

उनले भने- 'नेपालीको कांग्रेसको विधानले कुनै पनि प्रकृतिको महाधिवेशन अधिवेशन गर्ने अधिकार केन्द्रीय कार्यसमितिलाई मात्र दिएको छ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बाहेक नेपाली कांग्रेसका सभापति, कार्यवाहक सभापति, कुनै पदाधिकारी, कुनै केन्द्रीय सदस्य, वा कुनै व्यक्तिलाई नेपाली कांग्रेसको कुनै प्रकृतिको अधिवेशन होस् या विशेष अधिवेशन होस् नेपाली कांग्रेसको विधानले दिएको छैन।'

विशेष महाधिवेशनका नाममा अनुशासन बाहिरका गतिविधि भएको समेत उनको जिकिर रहेको छ ।

उनले थप भने- 'विशेष महाधिवेशनका नाममा विधानले दिएको काम कर्तव्य र अधिकार विपरित भेला गरेर निर्वाचन आयोगमा पुगेको सञ्चारमाध्यमबाट जानकारी पाएपछि हामी आजै निर्वाचन आयोगमा पुगेर त्यसबारे जानकारी गराएर आएका हौँ ।'

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077