काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले निर्वाचन आयोगले विशेष महाधिवेशनलाई मान्यता दिए आफूहरु देशभर आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
आज कांग्रेसको पछिल्लो घटनाक्रमबारे जानकारी दिँदै उनले पार्टी कार्यालयमा पत्रकार सम्मेलनमार्फत् सो चेतावनी दिएका हुन् ।
उनले आफूहरुलाई आधिकारिक कांग्रेसको मान्यता नदिइएमा देशभर आन्दोलन गर्ने र त्यसकालाई तयारी अवस्थामा रहन कार्यकर्ताहरुलाई आह्वान समेत गरे ।
खड्काले भने- 'निर्वाचन आयोग गलत बाटोमा जान्छ जस्तो लाग्दैन । तर, आशंकाहरू छन् । निर्वाचन आयोगले हामीले नेतृत्व गरिरहेको नेपाली कांग्रेसलाई मान्यता दिएन भने कांग्रेस देशभर आन्दोलन गर्न तयार छ ।'