Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट: नेपाल थाइल्यान्डसँग ८ विकेटले पराजित

आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट: नेपाल थाइल्यान्डसँग ८ विकेटले पराजित

आइतवार , माघ ४, २०८२

काठमाडौं। आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटको आफ्नो पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित भएको छ ।

काठमाडौंमा आज आइतबारदेखि सुरु भएको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपाल थाइल्यान्डसँग ८ विकेटले पराजित भएको हो ।

नेपालले दिएको १२३ रनको लक्ष्य थाइल्यान्डले १६।५ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्‍यो । २ रन आवश्यक हुँदा थाइल्याण्डले विजयी चौका प्रहार गरेको हो । थाइल्यान्डका लागि नथाकन चन्थमले अविजित ५७ रन बनाइन् । नानपत‌ कोन्चारोन्काईले ३२ तथा अफिसरा सुवानचोनराथीले २८ रन बनाइन् । नेपालका लागि दुवै विकेट सीता रानामगरले‌ लिइन् ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा अलआउट हुँदै १२२ रन बनाएको थियो ।

नेपालका लागि बिन्दु रावलले सर्वाधिक ४४ रन बनाइन् । सम्झना खड्काले ११ बलमा २६ रन बनाइन् । रुबिना क्षेत्रीले दुई छक्का र एक चौकासहित १० बलमा १७ रन बनाइन् । थाइल्यान्डका लागि थिपात्चा पुथावङवले ४ ओभरमा १५ रन दिएर ४ विकेट लिइन् । ओनिचा काम्चोम्फुले २ तथा सुनिदा चतारंगरतना, सुलिपर्न लाओमी र चनिदा सुथिराङले १र१ विकेट लिए ।

नेपालले अब दोस्रो खेलमा बिहीबार नेदरल्यान्ड्ससँग खेल्ने छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077