Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

महिला टि ट्वान्टी विश्वकप छनोट: नेपालले टस जितेर पहिला फिल्डिङ गर्दै

महिला टि ट्वान्टी विश्वकप छनोट: नेपालले टस जितेर पहिला फिल्डिङ गर्दै

शनिवार , माघ १०, २०८२

काठमाडौं । नेपालले आइसिसी महिला टि ट्वान्टी विश्वकप छनोटमा जिम्बाब्वेसँगको खेलमा पहिला फिल्डिङ गर्ने भएको छ।

नेपालकी कप्तान इन्दु बर्माले शनिबार टस जितेर त्रिवि क्रिकेट अन्तर्राष्ट्रिय रंगशाला कीर्तिपुरमा जिम्बावेलाई पहिला ब्याटिङका लागि बोलाएकी हुन् । नेपाल र जिम्बावे पहिलो पटक आमनेसामने भएका हुन् ।

नेपालको सुपर सिक्समा पुग्ने सम्भावना निकै कमजोर भइसकेको छ। आज स्कटल्याण्डले थाइल्याण्डलाई ५ विकेट हराएपछि नेपालको सम्भावना कमजोर भएको हो ।

सुपर सिक्सको सम्भावना जीवित राख्नका नेपाली टोलीका लागि आजको खेल जितेर मात्र पुग्दैन । अर्को खेलमा स्कटल्याण्ड विरुद्धको खेल जितेर अन्य नतिजामा पनि निर्भर हुनुपर्ने छ।

समूह ‘बी’ मा नेपाल र जिम्बाब्वेले अंकको खाता खोल्न सकेका छैनन्। नेपालले २ र जिम्बाब्वेले ३ खेल खेलिसकेका छन्।

नेपाल पहिलो खेलमा थाइल्याण्डसँग ८ विकेटले र जितको नजिक पुगेर नेदरल्याण्ड्ससँग २ रनले पराजित भएको थियो।

नेदरल्याण्ड्ससँग खेलेको नेपाली टोलीमा एउटा परिवर्तन गरिएको छ। काजल श्रेष्ठको ठाउँमा रोमा थापा प्लेइङमा समेटिएकी छिन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077