Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट: नेदरल्यान्ड्ससँग नेपाल २ रनले पराजित

आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट: नेदरल्यान्ड्ससँग नेपाल २ रनले पराजित

बिहिवार , माघ ८, २०८२

काठमाडौं । आइसिसी महिला टी-२० विश्वकप ग्लोबल छनोटमा नेपालले लगातार दोस्रो हार व्यहोरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालविरुद्ध टस जितेर ब्याटिङ गरेको नेदरल्यान्ड्ससंग नेपाल २ रनले पराजित भएको हो ।

१४१ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ७ विकेट गुमाएर १३८ रन मात्र बनाउन सक्यो । अन्तिम ओभरमा १३ रन आवश्यक हुँदा रुबिना क्षेत्री र सीता राना मगर मिलेर १० रन मात्र जोड्न सके ।

त्यसअघि नेपाललाई २४ बलमा ४८ रन आवश्यक हुँदा सीता र रुबिना मिलेर खेललाई अन्तिम ओभरसम्म पुर्‍याएका थिए । रुबिनाले अविजित ३७ रन, सीता रानामगरले अविजित २७ रन बनाइन् । बिन्दु रावलले १८ रन बनाइन् ।

नेदरल्यान्ड्सका लागि इसाबेल भान डर वोनिङले ३ विकेट लिइन् । सिल्भर सिगर्स, रोबिन रिके र कारोलिन डे लाङले १(१ विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले २० ओभरमा ५ विकेट गुमाएर १४० रन बनाउँदै नेपाललाई १४१ रनको लक्ष्य दिएको थियो। नेदरल्यान्ड्सका लागि कप्तान बाबेट डे लिडले सर्वाधिक ४९ रन बनाइन् । स्टेर कालिसले ३० रन बनाइन् । रोबिन रिके १९ तथा आइरिस ज्विलिङ १४ रनमा अविजित रहे ।

नेपालका लागि रुबिना क्षेत्रीले २ विकेट लिइन् भने रिया शर्मा, सुमन विष्ट र पूजा महतोले १/१ विकेट लिए ।

नेदरल्यान्ड्स आजको जितसँगै सुपर सिक्समा पुगेको छ । नेपाल पहिलो खेलमा थाइल्यान्डसँग ८ विकेटले पराजित भएको थियो। तेस्रो खेलमा नेपालले शनिबार जिम्बाव्बेसँग खेल्नेछ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077