Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रत्यक्षतर्फ उम्मेदवार बन्न १० हजार चाहिने, महिला र दलितलाई ५० प्रतिशत छुट !

प्रत्यक्षतर्फ उम्मेदवार बन्न १० हजार चाहिने, महिला र दलितलाई ५० प्रतिशत छुट !

आइतवार , माघ ४, २०८२

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवार बन्नका लागि १० हजार रुपैयाँ धरौटी बुझाउनुपर्ने भएको छ ।

निर्वाचन आयोगले आइतबार जारी गरेको विज्ञप्तिमार्फत उम्मेदवार बन्न आवश्यक कागजात तथा सर्तहरू सार्वजनिक गरेको हो ।

आयोगका अनुसार प्रतिनिधिसभा सदस्य निर्वाचनका उम्मेदवारले सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा १० हजार रुपैयाँ धरौटी जम्मा गरेको रसिद वा भौचर अनिवार्य रूपमा पेस गर्नुपर्नेछ ।

तर महिला, दलित, अल्पसंख्यक समुदाय तथा आर्थिक रूपमा विपन्न उम्मेदवारको हकमा सो धरौटी रकममा ५० प्रतिशत छुट दिइने व्यवस्था गरिएको छ । आर्थिक रूपमा विपन्न उम्मेदवारले सम्बन्धित स्थानीय तहबाट सिफारिस पत्र पनि बुझाउनुपर्ने आयोगले स्पष्ट पारेको छ ।

निर्वाचन आयोगले उम्मेदवारको पारदर्शिता र जवाफदेहिता सुनिश्चित गर्न थप कागजातहरू पनि अनिवार्य गरेको छ ।

उम्मेदवार बन्ने व्यक्तिले स्वघोषणा गर्नुपर्नेछ भने आफ्नो चल तथा अचल सम्पत्ति, बैंक तथा वित्तीय संस्थामा रहेका खाता, धितोपत्र, सेयर, ऋणपत्र, कसैलाई ऋण दिएको वा लिएको भए त्यससम्बन्धी सम्पूर्ण विवरण उल्लेख गरी सिलबन्दी रूपमा सम्पत्ति विवरण पेस गर्नुपर्नेछ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077