Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

बैतडीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते

बैतडीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते

बिहिवार , माघ ८, २०८२

बैतडी । बैतडीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।

आज बिहान धनगढीबाट दार्चुलातर्फ आउँदै गरेको म १ त १०१३ नम्बरको ट्याक्टर पाटन नगरपालिका–८ अनारखोलीमा दुर्घटना भएको हो ।

दुर्घटनामा परेर दार्चुला जिल्लाका अन्दाजी २०-२१ वर्षका करन बुढामगरको घटनास्थलमै मृत्यु भएको छ।

दुर्घटनामा घाइते भएका तीन जनालाई उद्धार गरी उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार ट्याक्टरमा चालकसहित चार जना सवार थिए। अनियन्त्रित भएर ट्याक्टर सडकबाट करिब ५० मिटर तल खसेको थियो।

दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077