Jul 20 2026 | २०८३, श्रावण ४ गते

20 Jul 2026 | सोमवार, श्रावण ४ गते २०८३

सोमवार, श्रावण ४ गते २०८३
images
images

प्युठानमा पार्किङमा राखिएको ट्याक्टर आफैँ गुड्दा बालकको मृत्यु

प्युठानमा पार्किङमा राखिएको ट्याक्टर आफैँ गुड्दा बालकको मृत्यु

बिहिवार , आषाढ ३२, २०८३

प्युठान । प्युठानको नौबहिनी गाउँपालिका–५ डामृमा पार्किङमा राखिएको ट्याक्टर आफैँ गुडेर दुर्घटना हुँदा एक ७ वर्षीय बालकको मृत्यु भएको छ भने अर्का एक बालक घाइते भएका छन् ।

प्रहरीका अनुसार भे २ त २०१९ नम्बरको ट्याक्टरमा खेलिरहेका बेला ट्याक्टर एक्कासी ब्याक भई करिब ४०० मिटर तल खसेको थियो। दुर्घटनामा स्थानीय गंगा घर्ती मगरका ७ वर्षीय छोरा कुण्डन घर्ती गम्भीर घाइते भएका थिए भने रिमबहादुर बुढाका ७ वर्षीय छोरा पारस बुढा मध्यम घाइते भएका थिए।

दुवै बालकलाई उपचारका लागि जिल्ला अस्पताल बिजुवार लगिएको थियो। उपचारकै क्रममा साँझ करिब ६ः३० बजे चिकित्सकले कुण्डन घर्तीलाई मृत घोषणा गरेका हुन्।

घाइते पारस बुढाको अवस्था थप उपचार आवश्यक देखिएपछि राति करिब ७ बजे बुटवलस्थित अस्पतालमा रिफर गरिएको प्रहरीले जनाएको छ।

घटनापछि ट्याक्टर चालक नौबहिनी गाउँपालिका–५ निवासी २१ वर्षीय विकास परियार तथा ट्याक्टरका साहुलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077