Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

रेशम चौधरीको उम्मेदवारी रद्द

रेशम चौधरीको उम्मेदवारी रद्द

बिहिवार , माघ ८, २०८२

कैलाली। कैलाली–१ बाट उम्मेदवार रहेका नागरिक उन्मुक्ति पार्टी (नाउपा) नेपालका संरक्षक रेशम चौधरीको उम्मेदवारी खारेज भएको छ।

उनीविरुद्ध परेको उजुरीमाथि छानबिन गर्दै निर्वाचन अधिकृतको कार्यालयले चौधरीको उम्मेदवारी बदर गर्ने निर्णय गरेको हो।

उजुरीमा चौधरी २०७२ भदौ ७ गते भएको टीकापुर हत्याकाण्डका मुख्य योजनाकारका रूपमा दोषी ठहर भइसकेको उल्लेख गर्दै संविधान र प्रचलित कानुनअनुसार उनी उम्मेदवार बन्न अयोग्य रहेको दाबी गरिएको थियो। सोही आधारमा निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारी खारेजीको निर्णय गरेको जनाइएको छ।

टीकापुर घटनासम्बन्धी मुद्दामा कैलाली जिल्ला अदालतले २०७५ फागुन २२ गते चौधरीलाई दोषी ठहर गर्दै कैद सजाय सुनाएको थियो। त्यसपछि उनी कैद भुक्तानीका लागि कारागार कार्यालय डिल्लीबजारमा राखिएका थिए।

१५ वर्ष कैद माफी गर्न सरकारले गरेको सिफारिसका आधारमा राष्ट्रपतिले आममाफी दिएपछि उनी रिहा भएका थिए। गणतन्त्र दिवसको अवसरमा २०८० जेठ १५ गते उनलाई रिहा गरिएको हो।

संविधानको धारा २७६ तथा मुलुकी फौजदारी कार्यविधि संहिताको दफा १५९ अनुसार आममाफी दिइएको जनाइएको थियो।

तर, आममाफी पाए पनि उनीमाथि लागेको आपराधिक दोष कायम रहेको र निर्वाचन कानुनअनुसार उम्मेदवारीका लागि अयोग्यता नहटेको ठहर गर्दै निर्वाचन अधिकृतले उनको उम्मेदवारी अस्वीकृत गरेको स्रोतले जनाएको छ।

No description available.  

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077