Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

निर्वाचन आयोगले गरेको निर्णय यथावत्, रेशम चौधरी चुनाव लड्न नपाउने

निर्वाचन आयोगले गरेको निर्णय यथावत्, रेशम चौधरी चुनाव लड्न नपाउने

आइतवार , माघ ११, २०८२

काठमाडौं। सर्वोच्च अदालतले रेशमलाल चौधरीको निर्वाचन आयोगले गरेको निर्णय यथावत् रहनेगरी कारण देखाऊ आदेश जारी गरेको छ।

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नागरिक उन्मुक्ति पार्टी, नेपालका संरक्षक चौधरीले कैलाली १ बाट उम्मेदवारी दर्ता गराएका थिए। टीकापुर १‚ कैलालीका सत्यनारायण भट्टराईले चौधरीविरुद्ध उम्मेदवारी दर्ता खारेजको उजुरी गराएका थिए।

उजुरीका आधारमा निर्वाचन आयोगले उनको उम्मेदवारी खारेज गरिदिएको थिए। आफ्नो उम्मेदवारी खारेजीविरुद्ध चौधरीले आयोगको निर्णय बदरको माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए।

न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले १५ माघका दुवै पक्षलाई छलफलमा बोलाउँदै कारण देखाऊ आदेश जारी गरेको हो। योसँगै अब उनले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रतिस्पर्धा गर्न पाउने छैनन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077