Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

उम्मेदवारी खारेज भएपछि रेशम चौधरी आक्रोशित

उम्मेदवारी खारेज भएपछि रेशम चौधरी आक्रोशित

बिहिवार , माघ ८, २०८२

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) नेपालका संरक्षक रेशम चौधरीले आफ्नो उम्मेदवारी खारेज भएकोमा असन्तुष्टि व्यक्त गरेका छन् ।

कैलाली–१ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार रहेका चौधरीले सामाजिक सञ्जालमार्फत आफूविरुद्ध राजनीतिक विभेद भएको आरोप लगाएका हुन् ।

निर्वाचन आयोगले २०७२ भदौ ७ गतेको टीकापुर घटनाका कारण उनलाई जन्मकैदको सजाय भइसकेको हुनाले उम्मेदवारी खारेज गरेको थियो।

यसको विरोधमा चौधरीले सामाजिक सञ्जालमार्फत देशव्यापी मतदानमा जाँतो चिह्न प्रयोग गरेर आफ्नो पार्टीलाई समर्थन गर्न आह्वान गरेका छन्।

उनले फेसबुकमा लेखेका छन्, 'राजनैतिक सिकार बनाउनुको पनि हद हुन्छ। विभेद, दमन र उपेक्षित समुदायलाई उत्पीडनमा पार्दा प्रयोग गरिने हतियार पनि कस्ता कस्ता ? मण्डेलाले लामो संघर्ष गर्दाको परिणाम प्राप्ति सिंगो अफ्रिकाको हो। पहिचानको लामो लडाइँको मार्ग कतै त्यही हुने त होइन भन्ने भय छ। राजनैतिक विभेदकाविरुद्ध सबैको साथ भनेकै जाँतोमा मतदान हो।'

चौधरीले थप लेखेका छन्, 'मेरो उम्मेदवारी खारेजको विरोधमा देशैभर जाँतोमा मतदान गरेर नाउपा नेपाललाई साथ दिनुहुनेछ भन्ने अपेक्षा छ।'

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077