Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

नवलपरासी–२ मा कांग्रेसको टिकट विवाद टुंगियो : थापा आधिकारिक, कँडेल आउट

नवलपरासी–२ मा कांग्रेसको टिकट विवाद टुंगियो : थापा आधिकारिक, कँडेल आउट

बिहिवार , माघ ८, २०८२

परासी । नवलपरासी क्षेत्र नम्बर २ मा देखिएको नेपाली कांग्रेसको उम्मेदवारी विवाद अन्ततः टुंगिएको छ ।

निर्वाचन आयोगले पहिलो दर्ता गराउने उम्मेदवारलाई आधिकारिक मान्यता दिने निर्णय गरेसँगै भीमबहादुर थापा (भरत) को उम्मेदवारी कायम भएको छ भने देवेन्द्रराज कँडेलको उम्मेदवारी खारेज गरिएको हो ।

कांग्रेसबाट दुवै नेता—देवेन्द्रराज कँडेल र भीमबहादुर थापा—ले आधिकारिक टिकट लिएर उम्मेदवारी दर्ता गराएपछि विवाद उत्पन्न भएको थियो ।

थापाले जिल्ला निर्वाचन अधिकृतको कार्यालयमा पुगेर सबैभन्दा पहिला उम्मेदवारी दर्ता गराएका थिए। त्यसपछि पुगेका कँडेलको उम्मेदवारीलाई निर्वाचन अधिकृतको कार्यालयले दर्ता नम्बर उल्लेख नगरी क्रम संख्या मात्र राखेर दर्ता गरेको थियो।

उम्मेदवारी दर्ता प्रक्रियालाई लिएर विवाद चर्किएपछि विषय निर्वाचन आयोगसम्म पुगेको थियो ।

आयोगले ‘पहिलो दर्ता गर्ने उम्मेदवारलाई नै आधिकारिक उम्मेदवार मानिने’ नियमअनुसार निर्णय गर्दै थापाको उम्मेदवारीलाई मान्यता दिएको हो। सोही निर्णयका आधारमा कँडेलको उम्मेदवारी औपचारिक रूपमा रद्द गरिएको आयोगले जनाएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077