Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

बाल सुधार गृहमा झडप: १६९ बालबिज्याइँकर्ता प्रहरी हिरासतमा स्थानान्तरण

बाल सुधार गृहमा झडप: १६९ बालबिज्याइँकर्ता प्रहरी हिरासतमा स्थानान्तरण

शुक्रवार , माघ ९, २०८२

भक्तपुर । भक्तपुरको सानोथिमिस्थित बाल सुधार गृहका १६९ बालबिज्याइँकर्तालाई प्रहरी हिरासतमा स्थानान्तरण गरिएको छ।

बिहीबार राति सुधार गृहमा भएको झडप, आगजनी र तोडफोडका कारण सुधार गृहमा तत्काल भित्र बस्नै नसक्ने गरी सबै संरचनामा क्षति पुगेपछि यहाँका बालबिज्याइँकर्तालाई जिल्ला प्रहरी परिसर भक्तपुर र काठमाडौंको अन्तर्गत प्रहरी हिरासतमा स्थानान्तरण गरिएको हो ।

बाल सुधारगृहका दुई समूहबीच भएको झडप आगजनी र तोडफोडमा परिणत भएको थियो । आपसमा झडप भएपछि थिमि प्रहरी वृत्तका प्रमुख नवराज ढुंगाना नेतृत्वको टोलीले सुधारगृह पुगेर स्थिति नियन्त्रणमा लिने प्रयास गरेको थियो ।

मध्यरातमा भक्तपुर र काठमाडौंका दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो। सुरक्षाका लागि प्रहरी वृत्त थिमिबाट गएको प्रहरीले झडप नियन्त्रण गर्न खोज्दा सुधार गृहभित्रबाटै प्रहरीमाथि ढुङ्गामुढा भएको थियो।

स्थिति नियन्त्रण बाहिर गएपछि सशस्त्र प्रहरी बलबाट ५० जना परिचालन भएका थिए ।

प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काका अनुसार राति भएको झडपमा आठ बालबिज्याइँकर्ता र २० प्रहरीसमेत घाइते भएका छन्।

घाइतेहरुको नेपाल कोरिया मैत्री नगर अस्पतालमा उपचार भइरहेको छ ।

उक्त सुधार गृहमा पटक-पटक तोडफोड, झडप, कुटपिट गर्ने र तोडफोडका घटना हुने गरेका छन् ।उक्त घटनाहरुले त्रास फैलिएको भन्दै सानोथिमि आसपासका बासिन्दाले सुधार गृहलाई बस्तीबाट हटाउनुपर्ने माग समेत गरेका छन्।

सुधार गृहमा १८ वर्षभन्दा माथिका ८४ युवा र २४ बालिका रहेका छन्। अठार वर्ष उमेर नाघेपछि बालबिज्याइँकर्तालाई कारागार चलान गर्ने कानुनी व्यवस्था नहुँदा ३५ वर्ष सम्मका युवासमेत सुधार गृहमा बस्दै आएका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077