Jul 25 2026 | २०८३, श्रावण ९ गते

25 Jul 2026 | शनिवार, श्रावण ९ गते २०८३

शनिवार, श्रावण ९ गते २०८३
images
images

सरकारले चुनावी वातावरण नबनाएको विप्लवको आरोप, ‘कम्युन’ छापा षड्यन्त्रपूर्ण भएको दाबी

सरकारले चुनावी वातावरण नबनाएको विप्लवको आरोप, ‘कम्युन’ छापा षड्यन्त्रपूर्ण भएको दाबी

शनिवार , माघ १०, २०८२

काठमाडौं । नेकपा (माओवादी) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले सरकारले आफ्नो पार्टीलाई निर्वाचनमा जाने वातावरण नबनाएको आरोप लगाएका छन्।

शनिबार (माघ १०) आयोजित पार्टीको निर्वाचनसम्बन्धी प्रशिक्षण कार्यक्रममा बोल्दै उनले राज्यको व्यवहारका कारण चुनावी प्रक्रियामा सहभागी हुन कठिन परिस्थिति सिर्जना भएको दाबी गरे।

विप्लवले आफूहरू चुनावमा जाने तयारी गरिरहँदा सरकारले ‘कम्युन’मा छापा मारेर गम्भीर षड्यन्त्र गरेको आरोप लगाए।

'काठमाडौंमा हराएका हतियार फेला पार्न नसक्ने सरकारले हाम्रो पार्टीका कम्युनमा प्रहरी परिचालन गरेर बहादुरी देखाएको छ,' उनले भने, 'यो राजनीतिक दबाब र त्रास सिर्जना गर्ने प्रयास हो।”

उनले राज्यले आफ्ना कम्युनमा बम रहेको भन्दै गलत प्रचार गरेर पार्टीको बदनामी गरेको पनि बताए।

“हाम्रो संगठनलाई बदनाम गर्न झुटा हल्ला फैलाइएको छ, यो अस्वीकार्य हो,” विप्लवले भने ।

सिंगो पार्टी निर्वाचनमा भाग लिने तयारीमा रहेको उल्लेख गर्दै उनले राज्यको व्यवहारकै कारण त्यो सम्भावना कमजोर बन्दै गएको जिकिर गरे।

यद्यपि, उनले प्रतिकूल परिस्थितिका बाबजुद पनि आफ्नो पार्टी फागुन २१ गते हुने निर्वाचनमा सहभागी हुने निर्णयमा अडिग रहेको स्पष्ट पारे।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077