Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

लुम्बिनी प्रदेशसभाको बैठक आज

लुम्बिनी प्रदेशसभाको बैठक आज

मंगलवार , माघ १३, २०८२

बुटवल । लुम्बिनी प्रदेशसभाको सातौँ अधिवेशनको दोस्रो बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे बस्न लागेको हो ।

बैठकमा सभामुख तुलाराम घर्तीमगरले प्रदेशसभा सदस्यको स्थान रिक्तसम्बन्धी जानकारी गराउने सम्भावित कार्यसूची छ ।

यस्तै, प्रदेशसभा सदस्यले समसामयिक विषयमा विशेष सम्बोधन गर्ने, जीवनाशक विषादी व्यवस्थापन तथा नियमन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पेस गरिनेछ ।

मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश प्रमुखको कार्यालयबाट फिर्ता आएको लुम्बिनी अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानसम्बन्धी विधेयकमाथि सैद्धान्तिक छलफलको प्रस्ताव पेस गर्नेछन् ।

सैद्धान्तिक छलफलमा गरिएका प्रश्नको जवाफ दिने सम्भावित कार्यसूची रहेको प्रदेशसभाका सचिव दुर्लभकुमार पुनमगरले जानकारी दिए ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077