Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

निर्वाचनका लागि १९ अर्ब २१ करोड निकासा, आयोगभन्दा सुरक्षा निकायको खर्च बढी

निर्वाचनका लागि १९ अर्ब २१ करोड निकासा, आयोगभन्दा सुरक्षा निकायको खर्च बढी

बुधवार , माघ १४, २०८२

काठमाडौं । अर्थ मन्त्रालयले आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि अहिलेसम्म १९ अर्ब २१ करोड रुपैयाँ निकासा गरेको जनाएको छ ।

अर्थ मन्त्रालयका अनुसार फागुन २१ मा हुन लागेको प्रतिनिधि सभा सदस्य निर्वाचन परिचालनका लागि उक्त रकम निकासा गरिएको हो । निर्वाचन आयोग, रक्षा मन्त्रालय, गृह मन्त्रालय तथा अन्तर्गतका सुरक्षा निकायका लागि अहिलेसम्म १९ अर्ब २१ करोड रुपैयाँ बजेट निकासा गरिएको मन्त्रालयले जनाएको छ ।

निकासा भएको १९ अर्ब २१ करोड रुपैयाँमध्ये गृह मन्त्रालयलाई १० अर्ब ३९, रक्षा मन्त्रालयका लागि १ अर्ब ९९ करोड र निर्वाचन आयोगका लागि ६ अर्ब ७२ करोड रहेको छ ।

आगामी निर्वाचनका लागि निर्वाचन आयोगले करिब २७ अर्ब रुपैयाँ खर्च हुने अनुमान सहित अर्थ मन्त्रालयका प्रस्ताव पेस गरेको थियो । सरकारले भने निर्वाचनका लागि २५ अर्ब रुपैयाँ खर्च हुने अनुमान गरी त्यही अनुसार स्रोत सुनिश्चितता गरिरहेको जनाएको छ ।

निर्वाचनका बेला निर्वाचन व्यवस्थापन गर्ने संवैधानिक निकाय निर्वाचन आयोगको भन्दा शान्ति सुरक्षामा खटिने गृह र रक्षा मन्त्रालय अन्तर्गतका निकायहरूको खर्च बढी हुँदै आएको छ । यो पटक पनि आयोगलाई भन्दा बढी रकम गृह रक्षा मन्त्रालयमा निकासा भइसकेको छ ।

 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077